कोपा अमेरकामा आज दुई खेल, बिहान ५:४५ बजे ब्राजिल र पेरु भिड्ने

कोपा अमेरिका फुटबल

एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती दुई खेल हुँदैछ । पहिलो खेलमा कोलम्बियाले भेनेजुएलाको सामना गर्दैछ। स्टाडियो ओलिम्पिको रंगशालामा हुने खेल नेपाली समयअनुसार राती २ः४५ बजेदेखि सुरु हुनेछ। यसअघी भएको पहिलो खेलमा कोलम्बियाले इक्वेइडरलाई १-० गोलले हराएको थियो।

त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोली बिहान ब्राजिल र पेरु भिड्दैछन्। ओलम्पिक रंगशाला ब्राजिलमा हुने खेल नेपाली समयअनुसार बिहान ५ः४५ बजेबाट सुरु हुनेछ। यसअघिको पहिलो खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० ले पराजित गरेको थियो। पेरूले भने पहिलो खेल खेल्न लागेको हो।

कोपा अमेरिकामा ब्राजिल र पेरूबीच अहिलेसम्म १९ पटक प्रतिस्पर्धा भएको छ। जसमा ब्राजिल १३ खेलमा विजयी भएको छ। तीन खेलमा पेरूले जित हात पारेको छ। तीन खेल बराबरीमा सकिएका छन्। पेरूले पछिल्लो १० अन्तर्राष्ट्रिय खेलमा एक खेलमा मात्र गोल खाएको छैन।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *