भावुक हुँदै रियल म्याड्रिडबाट बिदा भए रामोस

फुटबल

काठमाडौं । स्पेनिस डिफेन्डर सर्जियो रामोसले १६ बर्षपछि प्रसिद्ध क्लब रियल म्याड्रिड छोडेका छन् । लामो समय बिताएको क्लबबाट ठूलठूला सपना साकार बनाएका रामोसको बिदाइ उनका लागि कठिन देखियो।

बिदाइको क्रममा निकै भावुक देखिएका रामोसको आँशु थामिएको थिएन। बिदाइ समारोहमा बोल्दै रामोसले ‘पछि भेटौंला’ भने। रामोसले सबैलाई धन्यवाद दिँदै भने, “यस क्लबमा पहिलो दिन आउँदा म १९ वर्षीय केटो थिएँ, बुवा र दाइसँग आएको थिएँ, आज मेरो परिवारमा मलाई साथ दिन मेरी पत्नी लगायत मेरा चार बच्चा पनि छन्, यो रियल मड्रिडले मलाई दिएको परिवार हो।”

रामोस २००५ मा सेभिल्लाबाट रियल आएका थिए ।रियलबाट ६७० खेल खेल्ने क्रममा पाँच ला लिगा र ४ पटक च्याम्पियन्स लिग जितेका छन् । ३५ वर्षे रामोसको अबको गन्तव्य कुन क्लब हुने भन्ने टुंगो लाग्न सकेको छैन । यद्यपी संचारमाध्यमहरुले उनी इटालीको क्लब जान सक्ने चर्चा गरेका छन् । क्याप्टेनकाे रूपमा उनले तीनवटा च्याम्पियन्स लिग जिताएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
6
+1
4
+1
16
+1
7
+1
32
+1
25

Leave a Reply

Your email address will not be published. Required fields are marked *