दुई पेनाल्टी बचाउ भएको खेलमा मेसोडोनियामाथि युक्रेनको रोमाञ्चक जित

फुटबल युरो कप

काठमाडौं, असार ३ : युक्रेनले युरो कप अन्तर्गत २०२० आज सम्पन्न पहिलो खेल नर्थ म्यासाडोनियामाथि जित निकालेको छ। राेमानियाकाे नेशरन एरिनामा भएकाे खेलमा युक्रेनले नर्थ मेसेडाेनियालाई दुई–एक गाेल अन्तरले हराएकाे हाे ।

युक्रेनका लागि खेलको २९ मिनेटमा एन्ड्री यरमोलेन्कोले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेट नबित्दै रोमन यारेमछुकले गोल थप्दा पहिलो हाफमा युक्रेन दुई गोलले अघि रह्यो। तर दाेस्राे हाफकाे ५७ औँ मिनेटमा इज्ग्जान एलोस्कीले गोल गर्दै म्यासेडोनियाकाे खाता खाेले ।

एलोस्कीको पेनाल्टी प्रहारलाई युक्रेनका गोलकिपर बुस्चानले फर्काए। यद्यपि लगत्तै रिबाउन्डमा आएको बललाई दिशा दिँदै म्यासाडोनियाका लागि सान्त्वना गोल निकाले। निर्धारित ९० मिनेटको खेल सकिन ७ मिनेट बाँकी रहँदा पाएको पेनाल्टीमा युक्रेनका रुस्लान मालिनोभ्स्की गोल गर्न असफल भएका थिए ।

यो जितपछि युक्रेनले आफ्नो दोस्रो खेलमा पहिलो जित हासिल गर्दै ३ अंक बटुलेको छ । युक्रेन पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३–२ ले पराजित भएको थियो। यता, नर्थ म्यासेडोनियाले अष्ट्रियासँग ३–१ को हार बेहोरेको थियो।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0