नेइमार चम्किएको खेलमा ब्राजिलले गर्‍यो गोलको बर्षा, पेरु ४-० ले पराजित

कोपा अमेरिका फुटबल

एजेन्सी । कोपा अमेरिकामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा साविक विजेता ब्राजिलले पेरुमाथि ४–० गोलको प्रभावशाली विजय हासिल गरेको छ । ओलम्पिक निल्टन सान्तोस स्टेडियममा सम्पन्न खेलमा ब्राजिलका एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक/एक गोल गरे।

खेलको १२ मिनेटमा ब्राजिलले अग्रता लिएको थियो। ब्राजिलका लागि एलेक्स सान्द्रोले पहिलो गोल गरे। सान्द्रोले गाब्रियल जेससले उपलब्ध गराएको पासमा गोल गरे। पहिलो हापमा १–० गोल अन्तरले अघि रहेको ब्राजिलले दोस्रो हापमा थप ३ गोल गर्‍यो ।

खेलको ६३ मिनेटमा रेफ्रीले ब्राजिललाई पेनाल्टी दिने निर्णय गरेका थिए। पेरुका तापइले नेइमारलाई लगाएपछि ब्राजिललाई पेनाल्टी दिइएको थियो। तर रेफ्रीले सहायक रेफ्रीसँग छलफल गरेपछि भिएआरको सहायता लिने निर्णय गरे। भिएआरमार्फत पेनाल्टीको निर्णय उल्टाइएको थियो।

खेलको ६८ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाए। ब्राजिलका लागि नेयमारको यो ६८औं गोल हो। खेलको ८९ औं मिनेटमा एभर्टनले गोल गर्दा ब्राजिलले ३–० को अग्रता बनायो। नेइमारले निकालिदिएको चलाखीपूर्ण पासमार्फत रिचर्डलिसनले गोल असिस्ट गरेका थिए । इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४–० को जित दिलाए। जितसँगै समूह ’बी’ मा रहेका ब्राजिलले २ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ।

समूह ‘बि’ कै अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले बराबरी खेलेका छन् । आज बिहान सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिएको हो । यो बराबरीसँगै कोलम्बिया र भेनेजुएलाले एक एक अंक बाँडेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *