बेल्जियम र नेदरल्याण्ड्स युरोकपको अन्तिम १६ मा प्रवेश

फुटबल युरो कप

एजेन्सी । बेल्जियम र नेदरल्याण्ड्स युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा अष्ट्रियालाई २–० ले हराउँदै नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश गरेको हाे।

जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेन्जल डम्फ्रिइजले एक एक गोल गरे । नेदरल्यान्ड्सले २ खेलमा ६ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा रहेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो ।

उता समुह ‘बी’ को खेलमा डेनमार्कलाई २–१ ले हराउँदै बेल्जियम पनि अन्तिम १६ मा प्रवेश गरेको छ । कोपेनहेगनमा बिहीबार राति भएकाे खेलमा घरेलु टाेली डेनमार्कमाथि २-१ ले पराजित गर्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको हाे।

बेल्जियमलाई जित दिलाउन थ्रोगन हाजार्ड र केभिन डी ब्रयुनाले १-१ गोल गरे । जितसँगै बेल्जियम समूह ‘बी’को २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा पुगेको छ। फिनल्यान्ड र रसियाको समान ३-३ अंक छ। डेनमार्क भने दुवै खेलमा पराजित हुँदै समूह चरणबाट नै बाहिरिने सम्भावना बढेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0