टेस्ट च्याम्पियनशिपको उपाधिका लागि आजदेखि भारत र न्युजिल्यान्ड भिड्दै, कसले मार्ला बाजी ?

क्रिकेट

काठमाडौं : विश्‍व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनल खेल आजदेखि इङ्ल्यान्डको साउथ ह्‍याम्पटनस्थित रोज बल क्रिकेट मैदानमा सुरु हुँदै छ । नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुने खेलमा भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । दुई वर्षसम्म चलेको टेस्ट च्याम्पियनशिपको शीर्ष स्थानमा रहेका दुई टिमबीच फाइनल खेल हुन लागेको हो ।

यो फाइनल टेस्ट खेलको लागि भारतले आफ्नो ‘शुरुवाती ११’ को नामावली पनि सार्वजनिक गरिसकेको छ। भारतको कप्तानी विराट कोहलीले गरेका छन् । जो पछिल्लो दशककै उत्कृष्ट खेलाडी मानिन्छन् । यस्तै न्यूजिल्याण्डको कप्तानी केन विलियम्सनले गरेका छन् । केही समय अघिसम्‍म केन टेस्ट क्रिकेटका नम्बर एक व्याट्सम्यान थिए ।

आइसिसीको प्रतियोगितामा न्युजिल्यान्ड भारतमाथि हाबी हुँदै आएको छ । पछिल्ला ५ आइसिसी प्रतियोगिता खेलमा उसले ४ जित हात पार्दा १ खेल मात्र गुमाएको छ । न्युजिल्यान्डले २००३ एकदिवसीय विश्वकपमा ७ विकेटको पराजय व्यहोरे यता भारतविरुद्ध आइसिसी प्रतियोगिता अन्तर्गतका खेल गुमाएकोे छैन ।

भारतको टिम : रोहित शर्मा, सुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिक्या रहाने (उपकप्तान), हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वासिन्टन सुन्दर, जस्प्रित बुमराह, ईशान्त शर्मा, मोहम्मद शिराज, मोहम्मद शामी, शार्दूल ठाकुर, उमेश यादव, लोकेश राहुल, ऋद्धिमान शाह (विकेटकिपर)

न्युजिल्यान्डको टिम : केन विलियम्सन (कप्तान), टम ब्लन्डेल, ट्रेन्ट बोल्ट, डेभन कन्वे, कोलिन डि ग्रान्डहोम, म्याट हेनरी, काईल जामिसन, टम लाथम, हेनरी निकोल्स, अजाज पटेल, टिम साउथी, रस टेलर, निल वाग्रर, बिजे वाटलिङ र विल योंग।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0