आज युरोकपमा तीन खेल हुँदै, कुन देश कोसँग कति बजे भिड्दैँछन् ? कसरी हर्ने लाईभ ?

क्रिकेट फुटबल युरो कप

काठमाडौं, ४ असार । युरो कप २०२० अन्तर्गत आज समूह ‘डी’ का दुई र समूह ‘ई’ का एक गरी कुल ३ खेल हुँदै छन्। युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा स्वीडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल रसियाको सेन्ट पिटर्गवर्गमा साँझ ६:४५ मा हुनेछ।

दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक भिड्ने छन् । दुई टिमबीचको खेल राति ९:४५ बजे शुरु हुनेछ । समूह ‘डी’ को यो खेलमा जित हात पार्न सके चेकले अन्तिम १६ मा स्थान पक्का गर्नेछ। अघिल्लो खेलमा चेकले स्कटल्यान्डलाई पराजित गरेको थियो। यस्तै क्रोएसिया भने इंग्ल्यान्डसँग पराजित भएको थियो।

आज हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२:४५ बजे शुरु हुनेछ । पहिलो खेलमा क्रोएसियालाई पराजित गरेको इंग्ल्यान्डले स्कटल्यान्डलाई हराए अन्तिम १६ मा स्थान पक्का गर्नेछ।

कसरी हेर्ने लाईभ ?

युरो कपका सम्पुर्ण खेलहरु नेपालमा डिस होमको याक्सन स्पोट्स एचडीमा नेपाली कमेन्ट्री सहित हेर्न पाईने छ । साथै साउथ एसियामा सोनी नेटवर्क अन्तर्गतका बिभिन्न च्यानल मार्फत पनि लाईभ हेर्न पाईने छ ।

आज हुने तीन खेल

समूह ‘ई’ – स्वीडेनविरुद्ध स्लोभाकिया (राति ६:४५ बजे/सेन्ट पिटर्सवर्ग)
समूह ‘डी’ – क्रोएसियाविरुद्ध चेक रिपब्लिक (राति ९:४५ बजे/ग्लास्गो)
समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड (राति १२:४५ बजे/लन्डन)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *