पेनाल्टीमा गोल गर्दै स्विडेनको पहिलो जित

क्रिकेट युरो कप

काठमाडौं, असार ४ : युरो कप अन्तर्गत आज भएको पहिलो खेलमा स्विडेनले स्लोभाकियालाई १–० गोल अन्तरले हराएको छ । रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा स्वीडेनले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै जित निकालेको हो। स्विडेनका क्वाइसनलाई स्लोभेनियाका दुब्राभ्काले फल गरेपछि पेनाल्टीको दिइएको थियो।

स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेल्दा स्लोभाकियाले पोल्यान्डमाथि २-१ को जित हात पारेको थियो । जितसँगै स्विडेन २ खेलबाट ४ अंक जोड्दै समूह ‘इ’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित स्लोभाकिया ३ अंकका साथ दोस्रो स्थानमा छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *