त्रिकोणात्मक सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा

क्रिकेट

काठमाडौं : विश्वकप लिग-२ अन्तर्गत नेपाल नामिविया र स्टकल्यान्डसँगको त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा २० खेलाडीलाई बोलाएको छ ।

घरेलु प्रधानमन्त्री कप र मेयर कपमा राम्रो प्रदर्शन गरेका पृथु बाँस्कोटा, पवन सर्राफ, वक्रम सोब, सन्दिप जोरा, शाहव आलमले टिममा स्थान बनाएका छन्। नेपालको टिममा अनुभवी बलर वसन्त रेग्मी, युवा ब्याट्सम्यान रोहित पौडेल जस्ता खेलाडी भने अटाएका छैनन् ।

नेपालले खेल्ने यस त्रिकोणात्मक सिरिज जुलाईमा स्पेनमा हुनेछ । लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगका ४ खेलमा ४ अंक जोडर नेपाल छैटौं स्थानमा छ ।

बन्द प्रशिक्षणमा बोलाईएका खेलाडीहरू

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख,पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख,कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, कमल सिंह ऐरी,अविनाश बोहरा, सन्दीप जोरा,शाहब आलम, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ र पृथु बास्कोटा ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *