अर्जेन्टिनाको पहिलो जित

कोपा अमेरिका फुटबल

काठमाडौं, असार ४ : कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले पहिलो जित दर्ता गराएको छ। आज बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १—० ले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन गुइडो रोर्डिग्वेजले निर्णायक गोल गरेका थिए । उनले खेलको १३ औं मिनेटमा गोल गरेका थिए । उनले मेसीले उपलब्ध गराएको क्रसमा हेडमार्फत गोल गरेका थिए। यसअघि भएको पहिलो खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । उरुग्वेको यो पहिलो खेल हो ।


यसै समूह अन्तर्गत भएको अर्काे खेलमा चिलीले बोलोभियालाई हराएको थियो । बोलिभिया पहिलो खेलमा पाराग्वेसँग पनि पराजित भएको थियो ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0