पत्नी बितेको पाँच दिनपछि धावक मिल्खा सिंहको निधन

अन्य खेल

काठमाडौं, असार ५ : पत्नी बितेको पाँच दिनपछि भारतका चर्चित धावक मिल्खा सिंहको निधन भएको छ । कोरोना भाइरसको सङ्क्रमण भएपछि उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पाँच दिन पहिले मिल्खा सिंहकी पत्नी निर्मल मिल्खा सिंहको निधन पनि कोरोनाकै कारण भएको थियो ।

९१ वर्षिया उनको चण्डीगढस्थित अस्पतालमा उपचारका क्रममा शुक्रबार राति साढे ११ बजे निधन भएको हो। उनलाई मे २० तारिखमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो । २० मे मा कोभिड संक्रमण भएका सिंह स्वास्थ्यमा समस्या आएपछि ३ जुनमा अस्पताल भर्ना भएका थिए । १३ जुनसम्म आईसीयूमा राखेपछि उनको कोभिड रिपोर्ट नेगेटिभ आएको अस्पताललाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

कोभिड रिपोर्ट नेगेटिभ भए पनि स्वास्थ्यमा सुधार नआएपछि सिंहलाई आईसीयूबाट निकालिएको थिएन । यसपटक तमाम कोसिस काबाबजुद चिकित्सकहरुले उनलाई बचाउन सकेनन् । फ्लाइङ सिख नामबाट चर्चित मिल्खा सिंह ४ सय मिटर दौडमा एसियाली र कमनवेल्थ खेलमा स्वर्णपदक जित्ने एकमात्र भारतीय हुन् । उनको जीवनीको विषयमा ‘भाग मिल्खा भाग’ नामक फिल्मसमेत बनेको छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0