युरोकपका यी दुई खेल जसमा कसैले कसैलाई पराजित गरेन

फुटबल युरो कप

काठमाडौं, असार ५ : युरो कप फुटबलमा यसअघि हिजो भएको खेलमा इंग्ल्याण्ड र स्कटल्यान्डले बराबरी खेल्दै अंक बाँडेका छन् । गएराति भएको खेलमा इंग्ल्याण्ड र स्कटल्यान्डले गोलरहित बराबरी खेलेका हुन् ।

खेलमा इङ्ल्याण्डले स्कटल्याण्डमाथि निकै दवाव बनाएर पनि जित कुनै गोल गर्न भने सकेन । स्कटल्याण्डले पनि केही राम्रा अवसर बनाए पनि गोल गर्न सकेन । पहिलो खेलमा पनि क्रोएसियासँग जित निकालेको इङ्ल्याण्ड कमजोर मानिएको स्कटल्याण्डसँग बराबरी खेलेको हो ।

यस्तै गएराति नै भएको दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी खेल्दै अंक बाँडेको छ । समूह डी मा रहेका यी दुई टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।

पहिलो हाफमा १ गोलले पछि परेको क्रोएसियाले दोस्रो हाफमा बराबरी गोल फर्काएको हो। उसका लागि इभान पेरिसिकले बराबरी गोल फर्काए। पहिलो हाफमा १ गोलले पछि परेको क्रोएसियाले दोस्रो हाफमा बराबरी गोल फर्काएको हो। उसका लागि इभान पेरिसिकले बराबरी गोल फर्काए।

त्यसैगरी हिजो नभएको पहिलो खेलमा स्वीडेनले स्लोभाकियालाई हराएको छ । सेन्ट पिटर्सबर्गमा भएको खेलमा स्विडेनले स्लोभाकियालाई एक–शून्यले हराएको हो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
2
+1
1