स्वास्थ्यमा राम्रो सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भए एरिक्सन

फुटबल

काठमाडौं, असार ५ : मैदानमा बेहोस भएर ढलेका डेनमार्कका स्ट्राइकर क्रिस्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुको सफल शल्यकृया पछि उनी घर फर्किएका हुन् ।

एरिक्सनको ‘हार्ट–स्टार्टिङ डिभाइस’ राख्नका लागि भएको शल्यक्रिया सफलपछि उनलाई डिस्चार्ज गरिएको डेनिस फुटबल एसोसिएसनले जनाएको छ । एरिक्सनले शुक्रबार आफ्नो टिमका साथीहरुसँग भेट गरेका थिए।

टोटनहमका पुर्व खेलाडी एरिक्सन फिनल्याण्डविरुद्ध ४३ औं मिनेटमा एरिक्सन अचेत भएर मैदानमा ढल्न पुगेका थिए । एरिक्सनले वक्तव्य जारी गरी आफ्नो स्वास्थ्यका लागि विश्वव्यापी रुपमा गरिएको प्रार्थनाका लागि आभार व्यक्त गरेका छन् । ‘अवस्था अनुसार मैले राम्रो गरिरहेको छु र शल्यक्रिया राम्रो भयो’, एरिक्सनले भनेका छन् ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
6
+1
0
+1
0
+1
0
+1
1
+1
0