युरोकपमा आज बलियो पोर्चुगल र जर्मनीको भिडन्त, कसले जित्ला खेल ?

फुटबल युरो कप

काठमाडौं, असार ५ : युरो कप फुटबलमा आज पोर्चुगल र जर्मनी भिड्दैछन् । यो खेल नेपाली समयअनुसार राती ९ः४५ मा म्युनिखको एलिनाज एरिनामा सुरु हुनेछ । आफ्नो पहिलो खेलमा फ्रान्ससँग पराजय ब्यहोरेको जर्मनी जितको लागि दवाबमा हुनेछ भने हंगरीविरुद्ध ३ अंक जोडेको पोर्चुगल पनि जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन चाहनेछ।

पोर्चुगल र जर्मनी दुबैमा एक से एक स्टार छन् । रोनाल्डोसहित पेपे, डिएगो जोटा, ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, रोनाल्डो, जोआ फेलिक्सजस्ता स्टार पोर्चुगलमा छन् भने जर्मनीमा म्यानुअल निउर, म्यान हमेल्स, इल्के गुन्डोगान, टोनी क्रस, थोमस मुलर, सर्जी जनाब्री, काई हार्भट्चजस्ता स्टार छन् ।

पछिल्ला ६ खेलको नतिजा हेर्ने हो भने पोर्चुगलको लय राम्रो छ । उसले ६ मध्ये ४ खेल जितेको छ र २ खेल बराबरी गरेको छ । यता,जर्मनीले ६ खेलमा ३ जित हासिल गरेको छ, २ खेल हारेको छ र १ खेल बराबरी गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
3
+1
1
+1
1
+1
3
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *