जर्मनी भर्सेज पोर्चुगल ! ‘हेड टु हेड’मा कमजोर पोर्चुगल

फुटबल युरो कप

काठमाडौं, असार ५ : १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज राति ९:४५ बजे पोर्चुगल र जर्मनीबीच म्युनिखमा प्रतिस्पर्धा हुँदैछ। साविक विजेता पोर्चुगलले पहिलो खेलमा हंगेरीलाई ३–० गोलले पराजित गरेको थियो भने जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो ।

अघिल्लो चरणमा पुग्न जर्मनीलाई आजको खेल जित्नै पर्ने दबाब छ। हेड टु हेडका आधारमा यी दुई टिममा जर्मनी बलियो देखिएको छ। जर्मनीले पोर्चुगलसँग खेलेका पछिल्ला चारै खेलमा जित हात परेको छ। दुई टिमबीच समग्रमा भएका १८ प्रतिस्पर्धमा जर्मनीले १० जित हात पारेको छ भने पाँच खेल बराबरीमा सकिएका छन्। ३ खेलमा मात्र पोर्चुगलले जित हात पारेको छ।

जर्मनीलाई घरेलु मैदानको केही फाइदा रहे पनि पोर्चुगल पहिलो जितले उच्च मनोबलका साथ मैदान उत्रने छ । यस खेलमा जर्मनीको ठुलो चुनौती क्रिस्टियानो रोनाल्डोलाई रोक्ने नै हुने छ । उत्कृष्ट फर्ममा रहेका ३६ बर्षिय रोनाल्डोले हंगेरीविरुद्ध २ गोल गरेर यसको संकेत पनि दिएका छन् ।

प्रशिक्षक के भन्छन् ?

जोआचिम लो, जर्मनी प्रशिक्षक : पोर्चुगलसँग आक्रमणमा क्रिष्टियानो रोनाल्डोमात्र होइन, चार वा पाँच अन्य उत्कृष्ट खेलाडी छन् । उनीहरु ठूला खेलमा निर्णायक साबित हुनसक्छन् । उनीहरु टेक्निकल्ली बलिया छन् । उनीहरुलाइ किनारामा राख्नु निकै कठिन हो, किनकी उनीहरुबाट बल खोस्न निकै कठिन छ ।

फर्नान्डो सन्तोष, पोर्चुगल : म जर्मनीसँग तर्सिएको छैन । मलाई लाग्छ, दुबै टिमले एकअर्कालाई सम्मान गर्नेछन् । किनकी, खेलको निर्णय गर्न सक्षम दस्ता दुबैतर्फ छन् । जर्मनीविरुद्ध उसैको घरेलु मैदानमा खेल्दा पोर्चुगलले आफुलाई दाबेदार ठान्नु भनेको लाईन क्रस गर्नु हो । यदी खेलाडीले यस्तो सोचे भने मैले बराबरी नतिजा पनि निकाल्न सक्दिँन !

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
2
+1
1