स्पेन भर्सेज पोल्याण्ड ! कसले मार्ला बाजी ? यी हुन् चम्किन सक्ने खेलाडी

फुटबल

काठमाडौं, असार ५ : युरो २०२० अन्तर्गत आजको तेस्रो खेलमा राति १२:४५ बजे समूह ‘ई’ को खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। यो खेल स्पेनको सेभियामा हुनेछ । पहिलो खेलमै स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो । उता पोल्याण्ड भने पहिलो खेलमा स्लोभाकियासँग पराजित भएको थियो । दुवै टोली पहिलो जितको खोजीमा छन् । स्पेनको एक अंक छ भने पोल्याण्ड अंकविहीन छ ।

स्पेनले पछिल्ला ६ खेलमध्ये ३ खेल बराबरी खेलेको छ । यता,पोल्यान्डले ६ खेलमध्ये १ खेलमात्रै जितेको छ । उसले तीन खेल बराबरी खेलेको छ भने २ खेल हारेको छ । दुई देशबीच भएको १० खेल मध्ये स्पेनले ८ खेलमा जित हात पारेको छ। एक खेल बराबरीमा सकिएको थियो।

स्पेनले पछिल्ला तीन ठूला प्रतियोगितामा क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन। त्यसैले यसपटक स्पेनलाई सोही दवाव पनि रहेको छ।

प्रभाव पार्न सक्ने खेलाडी

पेड्रि गोन्जालेज (स्पेन) : यू–१७ देखि स्पेनको राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका युवा खेलाडी पेड्रि गोन्जालेज आज हुने पोल्यान्डविरुद्धको खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्।

सेन्ट्रल मिडफिल्डरको रुपमा खेल्ने पेड्रि डिफेन्सिभ र स्ट्राइकर लाइन दुबैतीर सहि बल खेलाउन सक्ने क्षमता राख्छन्।हालै मात्र स्पेनबाट डेब्यु गरेका पेड्रिले राष्ट्रिय टोलीबाट मात्र५ खेल खेलेका छन्। १८वर्षीय पेड्रि हाल स्पेनीस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।

राबेर्ट लेवान्डोस्की (पोल्यान्ड) : पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोस्की आजको खेलमा प्रमुख आकर्षण बन्ने पक्का छ । र, उनलाई खुला छाड्दा नतिजा उल्ट्नसक्छ भन्ने स्पेनलाई पनि थाहा छ । त्यसैले स्पेनिस डिफेन्डरहरुले यी स्ट्राइकरमाथि विशेष निगरानी राख्नेछन् ।

सन् २०२०÷२१ को सिजन लेवान्डोस्की युरोपकै सर्वाधिक गोलकर्ता बने । उनले बुन्डेसलिगामा २९ खेल खेलेर यस सिजन ४१ गोल गर्दै इतिहास रचे, बुन्डेसलिगामा कुनै खेलाडीले एकै सिजन यति धेरै गोल गरेको यो पहिलोपटक हो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *