यी हुन् जर्मनीबिरुद्ध रोनाल्डोले बनाउन सक्ने केहि किर्तिमानहरु

फुटबल युरो कप

काठमाडौं । युरोकपमा आजको दोस्रो खेलमा पोर्चुगल र जर्मनीबीच म्युनिखमा राति ९:४५ बजे खेल हुनेछ। पहिलो खेलमा जित हात पारेको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा पुग्ने अभियानमा छ। पहिलो खेलमा पराजित भएको जर्मनीका लागि आजको खेलमा जित निकाल्नु पर्ने दबाब छ।

जर्मनीले पोर्चुगलसँग खेलेका पछिल्ला चारै खेलमा जित हात परेको छ। दुई टिमबीच समग्रमा भएका १८ प्रतिस्पर्धमा जर्मनीले १० जित हात पारेको छ भने पाँच खेल बराबरीमा सकिएका छन्। ३ खेलमा मात्र पोर्चुगलले जित हात पारेको छ। आज पोर्चुगलका स्टार स्ट्राईकर क्रिश्चियानो रोनाल्डोले बनाउन सक्ने केहि किर्तिमानको चर्चा गरौ ।

१) पोर्चुगलका लागि १ सय ६ गोल गरेका रोनाल्डो सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा रहेका इरानका अली देईले १ सय ९ गोल गरेका छन् । जारी प्रतियोगितामा रोनाल्डोले यो कीर्तिमान बराबरी गर्न र तोड्न पनि सक्छन् । यदि जर्मनीबिरुद्ध रोनाल्डोले ह्याट्रिक गरेभने पनि यो रेकर्ड तोडिन सक्छ ।

२) युरोको इतिहासमा सर्वाधिक धेरै एसिस्ट गर्ने कीर्तिमान केरल पोवास्र्काईका नाममा छ । उनले ६ एसिस्ट गरेका छन् । रोनाल्डोले अहिलेसम्म ५ एसिस्ट गरेका छन् र यो कीर्तिमान तोड्न सक्छन् । राहुल, डेभिड बेकह्याम, लुईस फिगो, आर्यन रोब्बिन र बास्टिन स्वेन्सटाइजरले पनि युरोमा ५ एसिस्ट गरेका छन् । यदि जर्मनीबिरुद्ध रोनाल्डोले दुई गोलको लागि एसिस्ट गरेभने पनि यो रेकर्ड तोडिन सक्छ ।

३) युरोपेली राष्ट्रबाट सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान सर्जियो रामोसको नाममा छ । रामोसले स्पेनका लागि १ सय ८० खेल खेलेका छन् । हंगेरीविरुद्धको खेल रोनाल्डोका लागि पोर्चुगलको जर्सीमा १ सय ७६ औं थियो । यदि, पोर्चुगलले सेमिफाइनलसम्म स्थान बनाएमा रोनाल्डोले रामोसको कीर्तिमान तोड्न सक्छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
1
+1
0