बिश्व बिजेता फ्रान्सबिरुद्ध हंगेरीको शानदार प्रदर्शन, खेल १-१ को बराबरी

फुटबल युरो कप

काठमाडौं । एन्टोइन ग्रिजम्यानको गोलसँगै विश्व च्याम्पिन फ्रान्स युरोकप फुटबलमा हंगेरीसँग हारबाट जोगिएको छ । हंगेरीको घरेलु मैदान बुडापेस्टमा भएको खेलको पहिलो हाफमा १-० ले पछाडि परेको फ्रासले दोस्रो हाफमा बराबरी गोल फर्काएको हो।

हंगेरीको राजधानी ‘बुडापेस्ट’मा ६१,००० दर्शक सामु भएको समूह ‘एफ’को खेलमा हंगेरीले उत्कृष्ट डिफेन्डिङ फुटबलको प्रदर्शनी पेश गर्‍यो । पहिलो हाफको अधिकतम समय फ्रान्सले खेलमा दबदबा बनाए पनि अतिरिक्त समयमा हंगेरीले पहिलो गोल गर्न पुग्यो।

हंगेरीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता लिएको थियो। घरेलु मैदानमा हंगेरीका एटिला फिओलाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। घरेलु टोलीसँग १–० ले पछि परेको अवस्थामा ग्रिजम्यानले दोस्रो हाफमा गोल गर्दै विश्वविजेता फ्रान्सलाई हारबाट जोगाए।

शनिबारको खेल बराबरीमा सकिएसँगै समूह ‘एफ’ को फ्रान्सले चार अंक जोडेको छ। दुई खेल खेलेको फ्रान्स चार अंकसहित शीर्ष स्थानमा छ। पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० ले पराजित गरेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *