जर्मनीबिरुद्ध पोर्चुगलको लज्जाष्पद हार

फुटबल युरो कप

काठमाडौं : १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत डिफेन्डिङ च्याम्पियन पोर्चुगल जर्मनीसँग ४–२ ले पराजित भएको छ । म्युनिखस्थित एलिनाज स्टेडियममा शनिबार राति भएको खेलमा जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो। पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे।

खेलमा पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ३५ र ३९ औं मिनेटमा पोर्चुगलका खेलाडी रुबेन डाइस र राफेलले आत्मघाती गोल गरे। पहिलो हाफमा २-१ ले अघि रहेको जर्मनीले ५१ मिनेटमा तेस्रो गोल गर्‍यो। यसपटक हाभर्ट्जले गोल गर्न सफल भए।

६० मिनेटमा जर्मनीका लागि रोबिन गोसेन्सले अर्को गोल गरेपछि जर्मनी ४-१ ले अघि बढ्यो। ६७ औँ मिनेटमा डिओगो जोटाले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काउन खोजेपनि त्यो जितको लागि पर्याप्त भएन। जितसँगै जर्मनीले समूह एफमा तीन अंक जोडेको छ। शीर्ष स्थानको फ्रान्सको चार अंक छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
7
+1
1
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *