पेनाल्टीमा चुक्दा दोस्रो खेलमा पनि बराबरीमै रोकियो स्पेन

फुटबल युरो कप

काठमाडौं : पेनाल्टी ‘मिस’ गर्दा स्पेन लगातार दोस्रो खेलमा स्पेन लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ। लुइस इनरिके नेतृत्वको स्पेनले घरेलु मैदानमा गएराति पोल्याण्डसँग १-१ गोलको बराबरी खेल्यो । उसले समूह ई को सुरुआती खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको थियो ।

स्पेनले खेलको २५औ मिनेटमा अल्भारो मोराटाको गोलमा शुरुवाती अग्रता लिएको भएपनि खेलको ५४औ मिनेटमा रोबेर्ट लेवानडोस्कीको गोलमा पोल्याण्डले खेल बराबरी गरेको थियो । ५८औँ मिनेटमा स्पेनले पेनाल्टीमा गोल गर्ने अवसर पायो । तर, जेरार्ड मोरेनोले गोल गर्न सकेनन् । तर उनको प्रहार पोस्टमा लागेको थियो।

यससँगै समूह ‘ई’ को स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ । समूहको तेस्रो स्थानमा रहेको स्पेनले २ खेलमा २ अंक जोडेको छ । पोल्याण्डको भने यो पहिलो अंक हो । पोल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।

अब स्पेनले बुधबारअन्तिम खेलमा स्लोभाकियाको सामनागर्दैछ । दोस्रो चरणमा पुग्नउक्त खेल जित्नैपर्ने बाध्यता स्पेनसामु छ । प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा स्लोभाकियालाई १–० ले हराउँदै स्विडेनले समूह ईमाशीर्ष स्थानकब्जा गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0