युरोकपमा आज इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने, क-कस्ले जित्ला त खेल ?

फुटबल युरो कप

काठमाडौं, असार ६ : जारी १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत आज दुई वटा खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह ’ए’ को इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्कीबीच आज खेल हुनेछ ।

इटलीको रोमस्थित स्टेडियो ओलम्पिकोमा खेल राति ९ः४५ बजे सुरु हुने खेलमा इटलीलाई वेल्सले चुनौती दिनेछ। उपाधिको बलियो दाबेदार मानिएको इटलीले यसअघिका दुबै खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ। समूहचरणको अन्तिम खेलसमेत जित्दै समूह विजेता बन्न चाहन्छ। २ खेलबाट ६ अंक जोडेको इटाली हाल पनि शीर्ष स्थानमा रहेको छ।

यता वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ। वेल्सका लागि आजको खेल महत्वपूर्ण रहेको छ।यसअघिका २ खेलबाट ४ अंक जोडेको वेल्स समूहको दोस्रो स्थानमा रहेको छ। पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो।

त्यस्तै आजै बेलुकी ९ः४५ बजे बाकु ओलम्पिक स्टेडियममा हुने खेलमा स्वीजरल्याण्ड र टर्की आमनेसामने हुनेछन्। पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीजरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो । टर्की भने पहिलो अंकको खोजीमा हुनेछ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन । पहिलो खेलमा इटालीसँग पराजित टर्की दोसो खेलमा वेल्ससँग पराजित भएको थियो ।

टर्की आजको खेलमा सान्त्वना जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ भने स्वीजरल्याण्ड जित निकाल्दै अन्तिम १६ मा पुग्ने समीकरणलाई कायम राख्न चाहन्छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0