नेदरल्यान्ड्सका फरवार्ड डिपाए बार्सिलाेनामा अनुबन्ध

फुटबल

काठमाडौं : स्पेनिस महारथी क्लब बार्सिलोनाले नेदरल्यान्ड्स एवम् फ्रेन्च क्लब लियोनका फरवार्ड मेम्फिस डिपाएलाई अनुबन्ध गरेको छ । बार्सिलोना आउने विषयमा बार्सिलोना र डिपाएबीच सहमति भएको बार्सिलोनाले जनाएको छ ।

बार्सिलोनाले २७ वर्षीय डिपाएसँग दुई वर्षको सम्झौता भएको जनाएको छ। उनी हाल डच टिमबाट युरो २०२० खेलिरहेका छन्। नेदरल्याड्सले बिहीबार अष्ट्रियालाई २-० ले हराउँदा फरवार्ड डिपाएले गोल गरेका थिए ।

बार्सिलोनाले गत सिजनको दुई ट्रान्सफरमा पनि डिपाएलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो यद्यपि त्यतिबेला दुवै क्लबबीच सहमति जुट्न सकेको थिएन ।

बार्सिलोनाले यस सिजन अनुबन्ध गरेको डिपाए चौथो खेलाडी हुन् । यसअघि नै बार्सिलोनाले सर्जियो अगुएरो, एरिक गार्सिया र एमरसनलाई अनुबन्ध गरिसकेको छ ।

डिपाएले लियोनका लागि गत सिजन ४० खेल खेल्दा २२ गोल र १३ असिस्ट दिएका थिए । उनी २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट लियोन पुगेका थिए । लियोनमा पाँच सिजन बिताउँदा उनले १७८ खेलमा ७६ गोल गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0