इटालीसँग हारेपनि वेल्सको भाग्य चम्कियो, टर्कीलाई हराएर पनि स्विट्जरल्यान्ड अन्तिम १६ मा पुग्न सकेन

फुटबल युरो कप

काठमाडौं, असार ६ : इटाली समूह ‘ए’ को विजेता भन्दै युरो २०२० को अन्तिम १६ मा पुगेको छ। आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोल अन्तरले पराजित गर्दै इटाली समूह नकआउट चरणमा प्रवेश गरेको हो । हारका बावजुद वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

इटालीको जितमा पेसीनाले ३९ मिनेटमा गोल गरेका थिए। पेसिनाले मार्को भेराटीले फ्रि किक मार्फत् उपलब्ध गराएको बललाई पोस्टको दिशा दिएका थिए । वेल्सका इथन अम्पादुले ५५ औं मिनेटमा रातो कार्ड खाएपछि टोली १० जनामा समेटिएको थियो ।

तीन खेलमा तीन वटैमा जीत हासिल गर्दै इटालीले ९ अंक बटुल्यो भने वेल्सले ३ खेलमध्ये एकमा जीत, एकमा बराबरी र एकमा हार बेहोर्दै चार अंक बटुल्न सफल भयो । यहि समूहको अर्को खेलमा आइतबार राति नै स्विट्जरल्यान्डले टर्कीलाई ३-१ गोलले पराजित गर्‍यो।

स्विट्जरल्यान्डको जितमा जार्डन साकिरीले २ र हसिर सेफेरोभिचले १ गोल गर्दा टर्कीका इरफान क्यान काभिचीले एक गोल फर्काएका थिए । अन्तिम खेलमा जित निकाले पनि स्विट्जरल्यान्ड दोस्रो भएर अन्तिम १६ मा पुग्न सकेन। उसले अब अन्तिम १६ मा पुग्न उत्कृष्ट तेस्रो टिम हुनु पर्नेछ। टर्की भने समूह चरणबाट नै बिदा भएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *