आत्मघाती गाेलले दिलायाे पेरुलाई पहिलो जित, कोलम्बिया २-१ गोलले पराजित

कोपा अमेरिका फुटबल

काठमाडौं, असार ७ : एजेन्सी । कोलम्बियालाई हराउँदै पेरुले कोपा अमेरिका फुटबलको क्वाटरफाईनलमा पुग्ने संभावना जिवित पारेको छ । सोमबार विहान ओलिम्पिको फुटबल मैदानमा सकिएको खेलमा पेरूले कोलम्बियालाई २-१ गोलले पराजित गरेको हो।

खेलको १७ मिनेटमा पेनाको गोलबाट पेरूले अग्रता लिएको थियो। ५३ मिनेटमा कोलम्बियाले बराबरी गोल फर्काउन सफल भयो। उसका लागि बोर्जाले पेनाल्टीमा गोल गरे। बोर्जालाई पेरूका पेड्रो गालिसेले फल गरेपछि कोलम्बियाले पेनाल्टी पाएको थियो।

जितसँगै समूह ‘बी’ को पेरुले २ खेलमा ३ अंक जोड्दै समूहको तेस्रो स्थानमा छ । कोलम्बियाले ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

यता भेनेजुएला र इक्वेइडरले भने २-२ गोलको बराबरी खेलेका छन्। निलटन सान्तोष फुटबल मैदानमा सोमबार बिहान निकै रोमाञ्चक बनेको खेल २-२ को बराबरीमा सकिएको हो ।

बराबरीसँगै भेनेजुएला दुई अङ्क जोडेर समूह ‘बी’ को तेस्रो स्थानमा छ । अहिलेसम्म ३ खेल खेलेकोमा भेनेजुएलाले दुईमा बराबरी र एकमा हार ब्यहोरेको छ । यस्तै, इक्वेडर भने १ अङ्कका साथ चौथो स्थानमा छ ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *