विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा न्युजिल्यान्डको पकड

क्रिकेट

काठमाडौं, असार ६ : भारतविरुद्धको आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलको तेस्रो दिन न्युजिल्यान्डले पकड जमाएको छ। तेस्रो दिन सकिँदा न्युजिल्यान्ड १०१÷२ को स्थितिमा छ। रोस टेलर शून्य र केन विलियम्सन १२ रनको स्थितिमा छन्।

भारतले १४६÷३ को स्थितिबाट तेस्रो दिन थालेको थियो। थप ७१ रन जोड्दा भारतले बाँकी सात विकेट गुमायो। भारतका अजिन्क्या रहानेले ४९ रन बनाए। न्युजिल्यान्डका काइल ज्यामिन्सनले ५ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले पहिलो इनिङ्समा २१७ रन जोड्न सक्यो । अजिन्क्या रहानेले ४९, कप्तान विराट कोहलीले ४४ तथा रोहित शर्माले ३४ रन बनाए ।

भारतले अन्तिम ७१ रन जोड्नका लागि ७ विकेट गुमाएको थियो । भारतलाई सस्तैमा समेट्ने क्रममा न्यूजिल्याण्डका कायल जेमाइसनले ३१ रन खर्चेर ५ विकेट लिए । ट्रेन्ट बोल्ट र निल वाग्नेरले २–२ विकेट लिए । टिम साउथीले १ विकेट लिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
1