यी हुन युरोकपमा आज हुने चार खेल, क-कस्ले जित्ला ?

फुटबल युरो कप

काठमाडौं, असार ७ : जारी युरोकपअन्तर्गत आज (सोमबार) राति चार खेल हुँदैछन्। समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन् । युक्रेन र अष्ट्रियाबीचको खेल पनि ९:४५ बजे हुनेछ । आज दुबै टिम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ । युक्रेन २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अष्ट्रिया २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

राति १२:४५ बजे समूह ‘बी’ का अन्तिम खेल हुनेछन्। रसियाको सेन्ट पिटर्सवर्गमा फिनल्यान्ड र बेल्जियमबीच तथा कोपनहगेनमा घरेलु टिम डेनमार्क र रसिया प्रतिस्पर्धा गर्नेछन्। बेल्जियम यसअघि नै नकआउट चरणमा पुगिसकेको छ। अघिल्ला दुई खेल जितेको बेल्जियमका ६ अंक छ।

आजको खेलमा फिनल्याण्डलाई हराएर बेल्जियम समूह विजेता बन्न चाहन्छ भने फिनल्याण्ड पनि बेल्जियमलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । रुस २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रुस आज डेनमार्कलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । डेनमार्क अंक विहीन रहदै पुछारमा रहेको छ । डेनमार्कका लागि यो खेल प्रतिष्ठाको हुनेछ ।

आज हुने चार खेल

समूह ‘सी’ – नर्थ म्यासेडोनियाविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे/आम्स्टरडम)
समूह ‘सी’ – युक्रेनविरुद्ध अष्ट्रिया (राति ९:४५ बजे/बुकारेस्ट)
समूह ‘बी’ – रसियाविरुद्ध डेनमार्क (राति १२:४५ बजे/कोपेनहेगन)
समूह ‘बी’ – फिनल्यान्डविरुद्ध बेल्जियम (राति १२:४५ बजे/सेन्ट पिटर्सवर्ग)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
2
+1
0