कोरोना खोप लगाएकाले मात्र कतारमा हुने विश्वकप हेर्न पाउने

फुटबल

दोहा, असार ७ : अर्को वर्ष कतारमा हुने विश्वकप फुटबल हेर्न जानका लागि अनिवार्य कोरोना खोप लगाउनु पर्ने भएको छ । खोप नलगाएका दर्शकलाई स्टेडियममा प्रवेश गर्न समेत पाउने छैनन् । एपीका अनुसार कतारका प्रधानमन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुलाजिज अल थानीले दर्शकहरू लगाउन कतारले १० लाख डोज भ्याक्सिन किन्न प्रयास गरिरहेको बताएका छन्।

“हामी हाल विश्व कप कतार २०२२ मा आउने गैर-खोप लगाएका मानिसहरूलाई खोप दिन १० लाख डोज खोप उपलब्ध गराउन कम्पनीसँग वार्ता गरिरहेका छौँ,” प्रधानमन्त्री अल थानीले भने, “२०२२ विश्व कप हेर्न कतार आउने केही मानिसहरूलाई खोप दिने हाम्रो प्राथमिक लक्ष्य भनेको नागरिक र बासिन्दाहरूको जनस्वास्थ्यको रक्षा गर्नुका साथै टूर्नामेन्टमा भाग लिने प्रशंसकहरूलाई जोगाउनु हो ।”

फिफा र कतार विश्वकप आयोजकले भने खोप अनिवार्य गर्ने विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। कतारमा २०२२ को नोभेम्बर २१ देखि फुटबलको विश्वकप सुरू हुने तालिका छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1