नेपाली क्रिकेट टिमको नयाँ जर्सी छिट्टै बन्ने, ५०० बढीले पठाए डिजाइन

क्रिकेट

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सीका लागि ५०० भन्दा धेरै प्रतिस्पर्धीले आफ्नो डिजाइन पठाएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानले एक साताअघि खुल्ला गरेको प्रतिस्पर्धामा ५०० भन्दा बढीले सहभागिता जनाएका छन् ।

क्यानका अनुसार प्राप्त डिजाइनको अब सर्टलिस्ट गरिनेछ। छनोट समितिले सर्टलिस्ट गर्ने क्यानको भनाइ छ। उत्कृष्ट छनोट गर्न क्यानले छुम्बी लामा, रौनक मल्ल, विनोद दास र मुख्य प्रायोजकका एक प्रतिनिधि गरी चार सदस्यीय समिति बनाएको छ।

जेठ ३१ गते खुला प्रतिस्पर्धाबाट नयाँ जर्सी छनोट गर्ने भन्दै आवदेन खुला गरेको छ।छनोट हुने उत्कृष्टलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *