फ्रान्सेली फरवार्ड उसमान डेम्बेलेले चोटका कारण युरोकप गुमाउने

फुटबल युरो कप

एजेन्सी। चोटका कारण फ्रान्सका विंगर उसमान डेम्बेले युरो-२०२० का बाँकी खेल गुमाउने भएका छन्। शनिबार समूह ‘एफ’मा हंगेरीविरुद्धको खेलमा डेम्बेले घाइते भएका हुन्। ५७औं मिनेटमा मैदान छिरेका डेम्बेलले घुँडामा चोट लागेपछि ८७औं मिनेटमा बाहिरिएका थिए।

खेलाडी र टोलीका चिकित्सकसँगको छलफलपछि प्रशिक्षक डिडियर डेसचेम्पले डेम्बेलेलाई प्रतियोगिताबाट टाढा राख्ने निर्णय गरेको बताइन्छ। ‘आइतबार राति डेम्बेलेको बुडापेस्टमा एक्सरे गरिएको थियो। पूरा निको हुन समय लाग्छ। उनी अब टिममा रहनेछैनन्। यसले हाम्रो उपाधि यात्रामा धक्का लागेको छ,’ फ्रान्सेली फुटबल महासंघले सोमबारले विज्ञप्ति जारी गर्दै भनेको छ।

फ्रान्स हंगेरीविरुद्ध १-१ को बराबरीमा रोकिएको थियो। समुह ‘एफ’मा ४ अंकसहित फ्रान्स शिर्ष स्थानमा छ। समूहको अन्तिम खेलमा फ्रान्सले पोर्चुगलविरुद्ध खेल्नेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *