टोकियो ओलम्पिकमा जापानीज दर्शकले मात्र रंगशालामा गएर खेल हेर्न पाउने

अन्य खेल टोकियो ओलम्पिक

एजेन्सी । टोकियो ओलम्पिकमा १० हजारसम्म दर्शकलाई रंगशालामा उपस्थितिका लागि अनुमति दिइएको छ । तर ती सबै जापानभित्रका हुनुपर्नेछ । यो निर्णयसँगै यस पटकको ओलम्पिकमा जापानबाहेक अन्य देशका दर्शकले रंगशालामा गएर प्रयक्ष खेल हेर्न पाउने छैनन्।

आयोजक समितिका तर्फबाट जारी विज्ञप्तिमा रंगशालाको कूल क्षमताको आधालाई मात्र रंगशालामा उपस्थित हुन दिइने उल्लेख छ। तर विदेशी दर्शकलाई भने यस पटकको ओलम्पिकमा उपस्थित हुनबाट प्रतिबन्ध लगाइएको छ।

स्टेडियमको कुल क्षमतामध्ये ५० प्रतिशत मात्रै दर्शकले सहभागिता जनाउन पाउने जनाइएको छ । टोकियो ओलम्पिक आगामी जुलाई २३ देखि २४ अगष्टसम्म आयोजना गरिँदैछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0