कोपा अमेरिका : पाराग्वेमाथि जित निकाल्दै अर्जेन्टिना शिर्ष स्थानमा

कोपा अमेरिका फुटबल

काठमाडौं, असार ८ : कोपा अमेरिका कप फुटबलमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ। समूह ए अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० ले पराजित गर्दै दोस्रो जित हात पारेको छ ।

खेलको १०औं मिनेटमै एलेजेन्ड्रो गोमेजले गरेको गोल नै निर्णायक बन्यो। उनले एन्जल डी मारियाको पासमा गोल गरेका हुन्। त्यसअघि खेलको आठौं मिनेटमा सर्जियो अग्युरोको प्रहार आकासिएको थियो। १८औं मिनेटमा कप्तान लिओनल मेसीको फ्रिकिक थोरैले बाहिरिएको थियो।

त्यस्तै मंगलबार बिहाननै भएको खेलमा उरुग्वे र चिली १-१ गोलको बराबरीमा रोकिएका छन् । खेलको २६ औं मिनेटमै इडुरो भार्गासले गोल गरी चिलीलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा अटूरो भिडालले आत्मघाती गोल उपहारमार्फत उरुग्वेले बराबरी गर्न सक्यो ।

जितसँगै समूहमा शीर्ष स्थानमा उक्लिएको अर्जेन्टिनाले ३ खेलबाट ७ अंक जोड्न सफल भएको छ। पाराग्वे २ खेलबाट ३ अंकिहित तेस्रो स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0