रुसमाथि सनसनीपूर्ण जित हात पार्दै डेनमार्क नकआउट चरणमा

फुटबल युरो कप

काठमाडौं, असार ८ : लगातार दुई खेलमा पराजित भएको डेनमार्कले समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क युरो २०२० को अन्तिम १६ मा पुगेको छ। सोमबार राति सम्पन्न खेलमा रुसलाई ४–१ गोल अन्तरले पराजित गरेको डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो।

यसअघि २ खेलमा हार बेहोरेको डेनमार्कले युरोकपमा कमब्याक जित हासिल गर्दै नकआउट चरणमा पुगेको छ । अब डेनमार्कले नकआउट चरणमा वेल्सको सामना गर्ने छ । पार्केन स्टेडियममा भएको खेलमा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरे ।

जितसँगै समूह ‘बी’ को डेनमार्कले ३ खेलमा ३ अंक जोड्दै समूहको उपविजेता बन्यो। त्यस्तै समुह बि को अर्को खेलमा बेल्जियमले फिनल्याण्डलाउ २-० ले पराजित गरेर समुहका तिनै खेल जित्दै ९ अंकसहित समुहमा पहिलो हुदै नकआउट चरणमा प्रवेश गरेको छ ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा सम्पन्न खेलमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गर्दा बेल्जियमले एक गोल उपहार पाएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0