नेपाल सुपर लिगको खेलाडी छनोट अक्सन आज

Uncategorized

काठमाडौं : नेपाल सुपर लिग फुटबल एनएसएलका लागि खेलाडी छनोट अक्सन आज हुँदैछ । काठमाडौंस्थित सोल्टी होटलमा बिहान ११ बजे हुने अक्सनमा १ सय ५८ खेलाडीमाथी ७ वटा फ्रेन्चाईज टोलीले भाउ लगाउने छन् ।

एन्फाको खेलाडी बर्गीकरण समितिले ती खेलाडीलाई ए, बी र सी गरी तीन श्रेणीमा बिभाजन गरेको छ । राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका ३५ खेलाडी ए श्रेणीमा रहेका छन् । त्यस्तै बी श्रेणीमा ६५ र सी श्रेणीमा ५८ खेलाडी रहेका छन् ।

नेपाल स्पोर्टस म्यानेजमेन्ट प्रालीको आयोजनामा हुने प्रतियोगीताका लागि सहभागी सबै टोलीले मार्की खेलाडी र प्रशिक्षक यसअघि नै सार्वजनिक गरिसकेका छन् । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाईज फुटबल लिग बैशाख ११ देखी २५ सम्म काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ । १९ खेलको प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा चल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0