क्रोएसिया नकआउट चरणमा, निर्णायक खेलमा स्कटल्यान्ड ३-१ ले पराजित

फुटबल युरो कप

काठमाडौं, असार ९ : स्कटल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको छ । क्रोएसियाले समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ३-१ ले हराएसँगै समूह ‘डी’ को उपविजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको हो।

खेलको १६ औं मिनेटमा निकाले भ्लासिकले क्रोयशियालाई अग्रता दिलाएपनि ४२ औं मिनेटमा म्याक ग्रेगोरले स्कटल्यान्डबाट बराबरी फर्किए । ६२ औँ मिनेटमा कप्तान मोड्रीचले गोल गर्दै कोएसियालाई पुन अग्रता दिलाए । ७७ औं मिनेटमा पेरिसिचले गोल गर्दै क्रोएसियालाई सहज जित दिलाए ।

यही समूहको अर्को खेलमा इंग्ल्याण्डले चेक रिपब्लीकलाई १–० ले हरायो । यो समूहबाट इंग्ल्यान्ड समूह विजेता र चेक गणतन्त्र उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0