युरोकपमा आज बिश्वबिजेता फ्रान्स र पोर्चुगलको भिडन्त, कसले जित्ला खेल ?

फुटबल युरो कप

काठमाडौं । युरोकपमा आज ग्रुप अफ डेथको टोली विश्वकप विजेता फ्रान्स र साविक युरो कप विजेता पोर्चुगल प्रतिस्पर्धा गर्दैछन् । खेल हंगेरीको बुडापेस्टमा नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ ।

पुस्कास स्टेडियममा हुने खेलमा पोर्चुगल फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ। यसअघि २ खेलबाट ३ अंक जोडेको पोर्चुगल समूहको तेस्रो स्थानमा रहेको छ। फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ। समूहको शीर्ष स्थानाम रहेको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ।

गत युरोमा १-० ले उपाधि गुमाएको फ्रान्सलाई यसपटक बदलाको अवसर हुनेछ । बराबरी भए दुवै टिम अन्तिम १६ पुग्नेछन् । पोर्चुगलले फराकिलो हार बेहोर्यो भने समूह चरणबाटै बाहिरिन पनि सक्नेछ । तर, जर्मनीले पनि हंगेरीविरुद्धको खेल जित्नुपर्नेछ । जर्मनीविरुद्ध फराकिलो जित हात पारे हंगेरी पनि अर्को चरणमा पुग्नेछ ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा मैदान उत्रिने पोर्चुगल पनि फ्रान्सलाई हराउँदै नक आउट चरणमा पुग्ने सोचमा हुनेछ । तर फ्रान्सलाई हराउन त्यति सहज भने हुने छैन ।

आज हुने खेल हरु

समूह ‘ई’ – स्लोभाकियाविरुद्ध स्पेन (राति ९:४५ बजे/सेभिया)
समूह ‘ई’ – स्वीडेनविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग
समूह ‘एफ’ – जर्मनीविरुद्ध हंगेरी (राति १२:४५ बजे/म्युनिख)
समूह ‘एफ’ – पोर्चुगलविरुद्ध फ्रान्स (राति १२:४५ बजे/बुडापेस्ट)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
3
+1
2
+1
4
+1
2
+1
2
+1
7