फ्रान्स भर्सेज पोर्चुगल ! ‘हेड टु हेड’मा फ्रान्स अगाडि

फुटबल युरो कप

काठमाडौं, असार ९ : युरोकप फुटबलमा आज समूह ‘एफ’ अन्तर्गत पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । साविक विजेता पोर्चुगल र फ्रान्सबीचको खेल राति १२:४५ बजे हुनेछ । पोर्चुगल फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । पोर्चुगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । समूहको शीर्ष स्थानमा रहेको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । पोर्चुगललाई हराएर फ्रान्स समूह विजेता बन्न चाहन्छ ।

पोर्चुगलले फराकिलो हार बेहोर्यो भने समूह चरणबाटै बाहिरिन पनि सक्नेछ । तर, जर्मनीले पनि हंगेरीविरुद्धको खेल जित्नुपर्नेछ । जर्मनीविरुद्ध फराकिलो जित हात पारे हंगेरी पनि अर्को चरणमा पुग्नेछ । पोर्चुगल २ खेलमा समान १ जित र हारको नतिजासहित ३ अंकका साथ तेस्रो स्थानमा छ ।

फ्रान्स र पोर्चुगलले हालसम्म २७ खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा फ्रान्सले १९, पोर्चुगलले ६ खेल आफ्नो पक्षमा पार्दा २ खेल बराबरीमा सकिएको छ । युइएफए नेसन्स लिग अन्तर्गत सन् २०२० मा भएको पछिल्लो भेटमा फ्रान्स १-० ले विजयी भएको थियो ।

आज हुने खेलहरु

समूह ‘ई’ – स्लोभाकियाविरुद्ध स्पेन (राति ९:४५ बजे/सेभिया)
समूह ‘ई’ – स्वीडेनविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग
समूह ‘एफ’ – जर्मनीविरुद्ध हंगेरी (राति १२:४५ बजे/म्युनिख)
समूह ‘एफ’ – पोर्चुगलविरुद्ध फ्रान्स (राति १२:४५ बजे/बुडापेस्ट)

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0