युरोकपमा आज राति १२:४५ बजे जर्मनी र हंगेरीको भिडन्त, कसले जित्ला खेल ?

फुटबल युरो कप

काठमाडौं, असार ९ : युरोकप फुटबलमा आज समूह ‘एफ’ अन्तर्गतको अर्को खेलमा जर्मनीले हंगेरीसँग खेल्नेछ । जर्मनी र हंगेरीबीचको खेल म्युनिखमा राति १२:४५ बजे हुनेछ ।

जर्मनी २ खेलम ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । हंगेरीलाई हराएर जर्मनी अन्तिम १६ को यात्रा तय गर्न चाहन्छ। हंगेरी १ अंक जोडेर समूहको पुछारमा रहेको छ । हंगेरी पनि जर्मनीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ।

यदि फ्रान्सले पोर्चुगललाई हराएको खण्डमा हंगरीले जर्मनीलाई हराए शीर्ष दुईमा रहँदै हंगेरीले अन्तिम १६ को यात्रा तय गर्न सक्नेछ। सन् १९५४ को विश्वकपपछि जर्मनी र हंगेरी पहिलोपल्ट कुनै ठूलो प्रतियोगितामा खेलिरहेका छन् । त्यतिबेला जर्मनीले पछाडि रहेको स्थितिबाट हंगेरीलाई हराएको थियो ।

आज हुने खेलहरु

समूह ‘ई’ – स्लोभाकियाविरुद्ध स्पेन (राति ९:४५ बजे/सेभिया)
समूह ‘ई’ – स्वीडेनविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग
समूह ‘एफ’ – जर्मनीविरुद्ध हंगेरी (राति १२:४५ बजे/म्युनिख)
समूह ‘एफ’ – पोर्चुगलविरुद्ध फ्रान्स (राति १२:४५ बजे/बुडापेस्ट)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *