नेपाली महिला फुटबल खेलाडी ‘साम्बा’ को उपचार कतारमा हुने

फुटबल

काठमाडौं। राष्ट्रिय महिला लिग खेल्ने क्रममा चोट बोकेकी राष्ट्रिय महिला टोलिकी स्ट्राईकर सावित्रा भण्डारी (साम्बा)को उपचार कतारमा हुने भएको छ। उनको उपचारमा कतार फुटबल संघले सहयोग गर्ने भएको छ ।

यसअघि कतार फुटबल एसोसियसनकै सहयोगमा राष्ट्रिय पुरुष फुटबल टोलीका दुई सदस्य विमल घर्ति मगर र विक्रम लामा पनि उपचार दोहामा गरिएको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सावित्राको उपचार कतारमा हुने जनाएको हो। सावित्रा उपचारका लागि शनिबार कतार प्रस्थान गर्नेछिन्। राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका बेला सावित्रा घाइते भएकी थिइन्। उनी नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने महिला खेलाडी हुन्।

एपिएफले महिला लिगको उपाधि जित्दा उनले १० खेलमा ४३ गोल गरेकी थिइन् । दायाँ घुँडामा चोट लागेपछि भण्डारीले अन्तिम दुई खेल गुमाउनुपरेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Tagged