त्रिकोणात्मक शिरिजको बारेमा प्रशिक्षक र कप्तानको एउटै भनाई ! ‘स्पेनको मौसम मुख्य चुनौती’

क्रिकेट

काठमाडौं : विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्पेनमा हुने स्कटल्यान्ड, नामिविया र नेपालबीच हुने त्रिकोणात्मक एक दिवसीय श्रृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट अभ्यास सुरु गरेको छ ।

पहिलो दिन क्यानले छनोट गरेका २० खेलाडी मध्येबाट १९ खेलाडीले अभ्यास गरेका थिए । तर, पहिलो दिनको ट्रेनिङमा पृथु बास्कोटा सहभागी भएनन् । व्यक्तिगत कारण देखाउँदै पृथुले बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने बताएका थिए ।

नेपाली कप्तान ज्ञानेन्द्र मल्लले बलिया राष्ट्रहरूसँग हुने प्रतिस्पर्धाका लागि मेहनत गर्नु पर्ने बताए । धेरै समयपछि एक दिवसीय खेल खेल्नका लागि फिल्डमा गर्ने काम मौसमका कारण समयमा नै हुन नसकेको उनको भनाइ छ । कप्तान मल्लले भनेजस्तै स्पेनमा हुने एक दिवसीय श‍ृंखलाका लागि मौसम प्रतिकूल भएको भन्दा प्रशिक्षक ह्वाटमोरले मौसम अनुसारको तयारी गर्नुपर्ने औंल्याए।

स्पेनमा हुने श‍ृंखला भिन्न संरचनाको हुने भएकोले फरक रणनीतिअनुसार अभ्यास गर्नुपर्ने बताए। उनले बन्द प्रशिक्षणलाई प्रभावकारी बनाइने बताएका छन् । प्रशिक्षक वाटमोरलेले नेपाली खेलाडीले कडा मेहनेत गरेको र आगामी खेलमा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

स्कटल्यान्डमा तय भएको खेलहरु विशेष कारण स्पेनको डेजर्ट स्प्रिङ्स क्रिकेट मैदानमा हुँदै छ। आईसीसीले एक दिवसीय मान्यता दिएपछि यो मैदानमा पहिलोपटक सिरिज हुन लागेको हो। यो मैदानले केहीअघि मात्र एकदिवसीय मैदानको मान्यता पाएको थियो।

त्यसैले नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज स्पेनमा हुने पहिलो एकदिवसीय खेल हुनेछ। विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ। लिगमा नेपालले चार खेलमा चार अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *