यी हुन युरोकपमा आज हुने चार खेल, कुन कुन देश भिड्दैछन् ? कसरी हर्ने लाईभ ?

फुटबल युरो कप

काठमाडौं, असार ९ : जारी १६ औं संस्करणको युरोकप फुटबलको आज (बुधबार) समूह चरणका अन्तिम चार खेलहरु हुँदैछन्। आज राति हुने खेलमा स्पेन र स्लोभाकिया, स्विडेन र पोल्याण्डबीच, पोर्चुगल र फ्रान्स तथा जर्मनी र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ।

नेपाली समयअनुसार ९ः४५ मा समूह ईको खेलमा स्पेनले सेभियामा स्लोभाकियाको सामना गर्दैछ । यही समय अर्को खेलमा सेन्ट पिटर्सवर्गमा स्विडेन र पोल्यान्ड भिड्दैछन् । स्पेन स्लोभाकियालाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ ।स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । स्लोभाकिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समूह इ मा स्विडेन ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगिसकेको छ ।

आजै मध्यराती १२ः ४५ मा पोर्चुगल र फ्रान्सबीच बुडापेस्ट तथा हंगेरी र जर्मनीबीच म्युनिखमा प्रतिस्पर्धा हुनेछ । गत संस्करणमा फाइनल खेलेका यी दुई टोली यस पटक समूह चरणमै भिड्दैछन् । यस्तै जर्मनीले घरेलु मैदानमा हंगेरीसँग खेल्नेछ ।

यस समुहबाट फ्रान्स दोस्रो चरणमा छनोट भइसकेको छ । तर, बाँकी टोलीहरुको छनोटको टुंगो लागेको छैन । आजको खेलमा बराबरी खेल्नसके पोर्चुगल सोझै अर्को चरणमा छनोट हुनेछ । आजको खेल कम गोलअन्तरले हार्दा पनि पोर्चुगल दोस्रो चरण पुग्नसक्ने संभावना कायमै छ । त्यसका लागि अर्को खेलमा जर्मनीले हंगेरीलाई हराएको हुनुपर्छ ।

कसरी हेर्ने लाईभ ?

युरो कपका सम्पुर्ण खेलहरु नेपालमा डिस होमको याक्सन स्पोट्स एचडीमा नेपाली कमेन्ट्री सहित हेर्न पाईने छ । साथै साउथ एसियामा सोनी नेटवर्क अन्तर्गतका बिभिन्न च्यानल मार्फत पनि लाईभ हेर्न पाईने छ ।

आज हुने खेलहरु

समूह ‘ई’ – स्लोभाकियाविरुद्ध स्पेन (राति ९:४५ बजे/सेभिया)
समूह ‘ई’ – स्वीडेनविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग
समूह ‘एफ’ – जर्मनीविरुद्ध हंगेरी (राति १२:४५ बजे/म्युनिख)
समूह ‘एफ’ – पोर्चुगलविरुद्ध फ्रान्स (राति १२:४५ बजे/बुडापेस्ट)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
1
+1
0
+1
1
+1
0
+1
0