कोपा अमेरिकामा भोलि बिहान ब्राजिल र कोलम्बियाको भिडन्त, कसले जित्ला खेल ?

कोपा अमेरिका फुटबल

काठमाडौं, असार ९ : कोपा अमेरिकाअन्तर्गत भोलि (बिहीबार) बिहान विहान ५:४५ बजेरियो दि जेनेरियोमा आयोजक ब्राजिलले कोलम्बियाको सामना गर्दैछ।

ब्राजिलले आफ्नो पहिलो खेलमा भेनेजुएलाविरुद्ध ३-० र दोस्रो खेलमा पेरुविरुद्ध ४–० गोलको जित निकालेको थियो। ब्राजिल समूह ‘बी’ मा लगातार दुई खेलमा जित निकालेर ६ अंक जोड्दै शीर्ष स्थानमा छ। कोलम्बिया समूहमा तीन खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ।

पहिलो खेलमा इक्वेइडरलाई १-० गोलले पराजित गरेको कोलम्बियाले दोस्रो खेलमा भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो। तेस्रो खेलमा कोलम्बियालाई पेरुले २-१ गोलले पराजित गरेको थियो।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1