भारतलाई हराउँदै न्युजिल्यान्डले जित्यो विश्व टेस्ट च्याम्पियनशिपको उपाधी

क्रिकेट

काठमाडौं । भारतलाई हराउँदै न्युजिल्यान्डले विश्व टेस्ट च्याम्पियनशिपको उपाधी जितेको छ । भारतले दिएको १३९ रनको झिनो लक्ष्यलाई ८ विकेट गुमाएर भेटाउदै न्युजिल्यान्डले उपाधी जितेको हो । न्युजिल्यान्डलाई जिताउन चौथो इनिङमा कप्तान केन विलियम्सनले ५२ तथा रोस टेलरले ४७ रनको योगदान गरे ।

इङ्ल्यान्डको साउथ्याम्पटनमा भारतको दोस्रो पारी एक सय ७० रनमा सकिएको थियो । भारतले न्युजिल्यान्डलाई जितका लागि एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । दोस्रो पारीमा भारतका लागि ऋषभ पन्तले ४१ रन बनाए । न्युजिल्यान्डका बलरले छैटौँ दिनको पहिलो सत्रमा तीन विकेट लिएर भारतलाई दबाबमा राखेका थिए । भारतका ऋषव पन्तले सर्वाधिक ४१ रन बनाए । रोहित शर्माले ३० रन जोड्दा रविन्द्र जडेजाले १६ रन बनाए ।

न्युजिल्यान्डका टिम साउथीले ४ विकेट लिए । ट्रेण्ड बोल्टले ३ तथा केली जेमिसनले ३ विकेट लिए । भारतले पहिलो इनिङ्समा अलआउट हुँदै २१७ रन बनाएको थियो । न्युजिल्यान्ड पनि पहिलो इनिङ्समा २४९ रन जोड्दा अलआउट भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0