स्लोभाकियाको पोस्टमा स्पेनले गर्‍यो गोलको बर्षा

फुटबल युरो कप

काठमाडौं : १६औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह ई को अन्तिम खेलमा फराकिलो जित निकाल्दै स्पेन नकआउट चरणमा प्रवेश गरेको छ। स्लोभाकियालाई ५-० गोल अन्तरले हराउँदै स्पेनले अन्तिम १६ मा स्थान बनाएको हो ।

स्पेनलाई जित दिलाउन एम्रिक लापोर्ट,पाब्लो सराबिया र फेरान टोरेसले एक एक गोल गरे । स्पेनले दुई गोल आत्मघाती उपहार पाएको थियो । खेलको १२औं मिनेटमा पेनाल्टी पाएको स्पेनका फरवार्ड अल्भारो मोराटाले गोल गर्ने मौका गुमाएका थिए ।

स्पेन समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ ।उसले समूहमा ५ अंक जोड्यो। स्विडेन ७ अंक जोडेर समूह विजेता बन्यो। स्विडेनले अन्तिम खेलमा पोल्यान्डलाई ३-२ ले पराजित गर्‍यो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
2
+1
0