पोल्याण्डविरुद्ध ३-२ गोल अन्तरको जित निकाल्दै स्वीडेन समूह ‘ई’को विजेता

फुटबल युरो कप

काठमाडौं : १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा स्वीडेनले जित हात पारेको छ । उसले पोल्याण्डविरुद्ध ३-२ गोल अन्तरको जित हात पारेको हो । जितसँगै स्वीडेन ३ खेलमा ७ अंकका साथ समूह विजेता बनेकाे छ। स्पेनले ३ खेलमा ५ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम १६ को यात्रा तय गरेको छ।

स्वीडेनले दोस्रो मिनेटमै एमिल फोर्सबर्गको गोलमार्फत अग्रता लिएको थियो। ५९ औँ मिनेटमा फर्सबर्गले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। पोल्याण्डका लागि रोबर्ट लोवान्डोस्कीले ६१ र ८४ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर, अतिरिक्त समयमा भिक्टर क्लासोनले गोल गर्दा स्वीडेनले खेल ३-२ ले आफ्नो पक्षमा पार्‍यो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *