फ्रान्ससँग २-२ बराबरी खेल्दै नक आउट चरणमा पुग्यो पोर्चुगल, रोनाल्डोले गरे दुई गोल

फुटबल युरो कप

एजेन्सी । फ्रान्स समूह विजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति हंगेरीको बुडापेस्टमा भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २–२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र फ्रान्सका फरवार्ड करिम बेन्जिमाले दुई दुई गोल गरेका थिए। खेलको ३०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा बेन्जेमाले पनि पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको सुरुवाती दुई मिनेटमै बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई खेलमा अगाडि ल्याए । ६०औं मिनेटमा प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गर्दै खेल पुनः बराबरीमा ल्याए । त्यसपछि कुनै गोल निस्कन सकेन । बराबरीसँगै पोर्चुगलले समूहमा ४ अंक जोड्दै नकआउट चरणमा प्रवेश गर्यो । यता फ्रान्स भने तालिकाको शीर्ष स्थानमा रह्यो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0