जर्मनीसँग बराबरी खलेको हंगेरी युरोकपबाट बाहिरियो

फुटबल युरो कप

काठमाडौं, असार १० : युरो २०२० अन्तर्गत समूह ‘एफ’ अर्को खेलमा जर्मनी र हंगेरीबीचको खेल पनि २-२ कै बराबरी खेलेका छन् । यो समूहबाट विजेता फ्रान्स, उपविजेता जर्मनी तथा तेस्रो स्थानको पोर्चुगल राउण्ड अफ सिक्सटिनमा पुगेका छन् ।

हंगेरीलाई सुरुवाती अग्रता दिलाउने क्रममा सजालाईले ११ मिनेटमा पहिलो गोल गरे। तर ६६ मिनेटमा जर्मनीका हाभर्ट्जले बराबरी गोल फर्काउन सफल भए। ६८ मिनेटमा हंगेरीले स्चफरको गोलबाट खेलबाट दोस्रो पटक अग्रता लियो। तर ८४ मिनेटमा गोरेट्ज्काले जर्मनीका लागि बराबरी गोल गरे।

जितसँगै जर्मनी समूहको दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुग्यो । यता हङ्गेरी भने समूह चरणबाटै बाहिरिएको छ । यसैगरी समूह ‘ई’ का अन्तिम खेलहरुमा स्पेनले स्लोभाकियालाई ५–० ले पराजित गर्दा स्विडेनले पोल्याण्डमाथि ३–२ को जित निकालेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *