कोपा अमेरिका : इन्जुरी समयको गोलले ब्राजिलद्वरा कोलम्बिया पराजित

कोपा अमेरिका फुटबल

एजेन्सी । कोपा अमेरिका फुटबलमा आज बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २–१ ले हराएको छ । ब्राजिलको जीतमा रोबर्टो फर्मिनो र कासेमिरोले १-१ गोल गरेका थिए । कोलम्बियाका लुईस डियाजले १ गोल गरे ।

बिहीबार विहान सकिएको खेलमा अग्रता भने कोलम्बियाले लिएको थियो। कोलम्बियाका लागि एल डियासले दशौं मिनेटमा गोल गरे। उनले कुएडार्डोले दिएको क्रसमा उनले गोल गरेका थिए। पहिलो हाफमा कोलम्बिया १-० ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ७८औं मिनेटमा फर्मिनोले गोल गर्दै खेल बराबरीमा ल्याए । खेल बराबरीमै सकिने निश्‍चित भएको अवस्थामा इन्जुरी समयको १०औं मिनेटमा कासेमिरोले हेडिङमार्फत गोल गर्दै ब्राजिललाई जीत दिलाए । नेइमारले उपलब्ध गराएको पासमा उनले गोल गरेका हुन्।

समूह ‘बी’ को शीर्ष स्थानमा रहेको ब्राजिलले तीन खेलबाट ९ अंक जोडेको छ। ब्राजिल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेको छ। दोस्रो स्थानको कोलम्बियाले चार खेलबाट ४ अंक बटुलेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0