रोनाल्डोको किर्तिमान

फुटबल युरो कप

काठमाडौं, असार १० : पोर्चुगलका विश्वचर्चित कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वाधिक अन्तराष्ट्रिय गोल गर्नै खेलाडीको किर्तिमान बराबरी गरेका छन् । फ्रान्सविरुद्ध बुधबार राती सम्पन्न भएको खेलमा दुई गोल गरेका रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्याको कीर्तिमानी बराबरी गरेका हुन्।

रोनाल्डोले इरानका स्ट्राइकर अली दाईले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी बराबरी गरेका हुन्। अलीले सन् १९९३ देखि २००६ सम्म इरानबाट खेल्दा १०९ अन्तर्राष्ट्रिय गोल गरेका थिए। यस्तै रोनाल्डोले १७८ खेलमा राष्ट्रिय टिमका लागि १०९ गोल गरेका छन् ।

रोनाल्डो मुख्य प्रतियोगिता (विश्वकप र युरोकप) मा सर्वाधिक गोल गर्नै खेलाडी समेत बने । उनले जर्मनीका मिरोस्लाभ क्लोजको रेकर्ड तोडे । क्लोजले १९ गोल गरेका थिए । रोनाल्डोले २० गोल गर्न सफल रहे । रोनाल्डोले युरोपियन च्याम्पियनसिपमा गरेको गोल संख्या १३ पुगेको छ । यसै प्रतियोगितामा उनी युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोल गर्नै खेलाडी समेत बनेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *