युरोकपको नकआउट चरणमा कुन कुन देशबिच हुँदैछ भिडन्त ?

फुटबल युरो कप

काठमाडौं, असार १० : युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। समूह ‘ए’ बाट इटाली विजेता, वेल्स उपविजेता र स्विट्जरल्यान्ड उत्कृष्ट तेस्रो टिमको रुपमा नकआउट चरणमा पुगे। समूह ‘बी’ बाट बेल्जियम विजेता र डेनमार्क उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भए। यस्तै समूह ‘सी’ बाट नेदरल्यान्ड्स विजेता, अस्ट्रिया उपविजेता र युक्रेन उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुगे।

समूह ‘डी’ बाट इंग्ल्यान्ड विजेता, क्रोएसिया उपविजेता र चेक उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुगे। समूह ‘ई’ मा स्विडेन विजेता र स्पेन उपविजेताको रुपमा अन्तिम १६ मा पुगे। यस्तै समूह ‘एफ’ बाट फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगे।

६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् । नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ । शनिबारदेखि नकआउट चरणका खेलहरु सुरु हुनेछन् । पहिलो खेलमा समूह ए को उपविजेता वेल्स र समूह बीको उपविजेता डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।

नकआउट चरणमा यस्तो बन्यो समीकरण

वेल्स भर्सेस डेनमार्क – असार १२ गते राति ९:४५ बजे – आम्स्टर्डम
इटाली भर्सेस अस्ट्रिया – असार १२ गते राति १२:४५ बजे – लन्डन

नेदरल्यान्ड्स भर्सेस चेक – असार १३ गते राति ९:४५ बजे- बुडापेस्ट
बेल्जियम भर्सेस पोर्चुगल – असार १३ गते राति १२:४५ बजे- सेभिया

क्रोएसिया भर्सेस स्पेन – असार १४ गते राति ९:४५ बजे- कोपनहगेन
फ्रान्स भर्सेस स्विट्जरल्यान्ड – असार १४ गते राति १२:४५ बजे – बुचारेस्ट

इंग्ल्यान्ड भर्सेस जर्मनी – असार १५ गते राति ९:४५ बजे – लन्डन
स्विडेन भर्सेस युक्रेन – असार १५ गते राति १२:४५ बजे- ग्लाजगो

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
1
+1
0