स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित

क्रिकेट

काठमाडौं, असार १० : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जुलाई महिनामा स्पेनमा हुने भनिएको त्रिदेशीय सिरिज स्थगित भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति निकाल्दै नामिबिया, नेपाल र स्कटल्याण्डबीच हुने भनिएको एकदिवसीय सिरिज २०२२ सम्मका लागि स्थगित भएको जनाएको हो।

यस अघि अघिल्लो बर्ष सेप्टेम्बरमा हुने भनेको नेपाल, नामिबिया र स्कटल्याण्डबीचको यो सिरिज स्पेन आयोजना गर्न तयार भएपछि यहि जुलाईमा हुने भनिएको थियो । तर अहिले कोरोना संक्रमणका कारण एक बर्ष पछि सरेको छ । यसअघि स्कटल्यान्डमा हुने तय भएको सिरिज कोरोना भाइरसका कारणका त्यहाँ लगाइएको यात्रा प्रतिबन्धका कारण स्पेनमा सिरिज गर्ने निर्णय भएको थियो।

विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ। लिगमा नेपालले चार खेलमा चार अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0